दैनिक उकालो लाग्दै सुनको मूल्य

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर ९२ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले बडेर १२ सय ८५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स