३ वर्षे कार्यकाल पुरा गरेर आयल निगमका कार्यकारी निर्देशक पौडेल बाहिरिए

काठमाडौं । नेपाल आयल निगमबाट सुरेन्द्र पौडेल बाहिरिएका छन् । उनी ३ वर्षे कार्यकाल पुरा गरेर निगमबाट बाहिरिएका हुन् ।

२०७५ साल पुसमा आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका पौडेलले घाटामा गएको निगमलाई नाफामा ल्याएको थिए । पछिल्लो समय सरकारले पेट्रोलियम पदार्थमा उच्च कर लगाएको कारण अहिले भने निगम घाटामा गएको छ ।
अहिले निगमको घाटा मासिक साढे ३ अर्बभन्दा बढी रहेको छ । पौडेलले कोभिडको कठिन समयमा पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न सफल भएका थिए ।

आयल निगममा आउनु अगाडि पौडेल उदयपुर सिमेन्टमा महाप्रवन्धक थिए । पौडेल उदयपुर सिमेन्टमा महाप्रवन्धक हुँदा पहिलो पटक सिमेन्ट उद्योग नाफामा गएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स