लगातार घटेकोे सुनको मूल्य आज यतिले बढ्यो

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर ९२ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १२ सय ६० रूपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स