काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर ९२ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १२ सय ४५ रूपैयाँ कायम भएको छ ।