पुनरूत्थानको लागि महासंघको सिंगो सञ्जाल आवश्यक पर्नेः शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले एक्लै खटेर पुनरुत्थान नहुने बताएका छन् । महासंघले वस्तुुगत संघका नव निर्वाचित पदाधिकारीहरूको सम्मानमा सोमवार आयोजित कार्यक्रममा पुनरुत्थानको लागि महासंघको सिंगो सञ्जाल परिचालन हुनुपर्ने बताएका हुन् ।

महासंघ सचिवालयमा एक स्वागत एवम् वधाई कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपाल, नेपाल कोरोगेटेड बक्स उत्पादक संघ, नेपाल कुुरियर सेवा संघ, फुुटवेयर म्यानुुफ्याक्चर्र्स एसोसिएसन अफ नेपाल, नाडा अटोमोवाइल्स डिलर्स एसोसिएसन अफ नेपाल, नेपाल कृषि मेशीनरी व्यवसायी संघ, नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन, नेपाल जडीवूटी उत्पादक संघ, नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघका नव निर्वाचित अध्यक्ष एवम् पदाधिकारीहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले खादा लगाई नवनिर्वाचित पदाधिकारीहरूको स्वागत सहित बधाई दिए ।
अध्यक्ष गोल्छाले सन् २०३० ले लिएका लक्ष्यहरू पुरा गर्न महासंघले आफ्ना सदस्यहरूबाट बलियो साथ र सहयोग पाउने विश्वास प्रकट गरे ।

कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र उपाध्यक्ष रामचन्द्र संघाईले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिए । सो अवसरमा उनीहरूले वस्तुुगत संघहरूका नेतृत्वले राखेका क्षेत्रगत समस्या सम्बोधनमा महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

समापन मन्तव्यका कार्यक्रममा नव निर्वाचित अध्यक्षहरूले राख्नुभएका गुनासा एवम् समस्याहरूको बुँदागत रुपमा सम्बोधन गर्दै महासंघको वस्तुुगत परिषद्का सभापति एवम् उपाध्यक्ष अन्जन श्रेष्ठले समस्या समाधानमा महासंघले पहल गर्ने विश्वास दिलाए ।

तपाईहरूका समस्या समाधानमा महासंघले अर्थपूर्ण पहल गर्ने र आवश्यक परेका बेला तपाईहरूलाई समेत साथै लैजाने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाल कोरोगेटेड बक्स उत्पादक संघका अध्यक्ष सुकृतराज पराजुलीले प्याकिङ बक्समा आत्मनिर्भर भएपनि आयातित बक्सबाट नेपाली उत्पादनलाई समस्या भएको बताए । कोरोगेटेड उद्योगको कच्चा पदार्थ पुराना कागज निर्यात रोक्नुु पर्ने, बहुुराष्ट्रिय कम्पनी र राष्ट्रिय कम्पनीहरूले दिने तलब ज्याला सामान हुँदा समस्या भएको गुनासो गरे ।

नेपाल कुुरियर सेवा संघका अध्यक्ष देवेन्द्र खड्काले अन्तराष्ट्रिय विमानस्थल र बस पार्कहरूमा छुुट्टै कुरियर टर्मिनलको माग गरे । अध्यक्ष खड्काले कुरियर भ्यानलाई ट्राफिकबाट समस्या भएकाले समस्या समाधानमा पहल हुुुनुुपर्ने र कुरियरमा भ्याट हटाउनुु पर्ने सुुझाव राखे ।

फुुटवेयर म्यानुुफ्याक्चर्र्स एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले जुत्ता उद्योगहरूका लागि दक्ष जनशक्तिको अभाव भएकाले नियमित रूपमा तालीम दिने केन्द्रहरू संचालनमा ल्याउनुु पर्ने सुुझाव राखे ।

भन्सार दर अत्याधिक महँगो भएकाले नेपाली जुत्ताहरू निर्यातमा समस्या परेको गुनासो गरे । सरकारले १५ प्रतिशत महंगो भएपनि स्वदेशी उत्पादनको प्रयोग अनिवार्य गर्ने भने पनि त्यो व्यवहारिक रूपमा कार्यान्वयन नभएको बताए ।

नाडा अटोमोवाइल्स डिलर्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुववहादुर थापाले एलसीमा ५० प्रतिशत मार्जिन राख्नुुपर्ने नीतिले समस्या ल्याएको, भन्सार सन्दर्भ मूल्य सूची र कालोबजारी ऐनका कारण अटोमोवाइल्स व्यवसायीले दुःख पाइरहेका बताए ।

यसले मूल्यअभिवृद्धि कर (भ्याट) बुुझाउन गाह्रो भएको र यसले मिसम्याचको समेत समस्या ल्याउन सक्ने हुँदा यसलाई हटाउनुु पर्ने, भेइकल स्टकमा रहँदा वार्षिक शुल्क÷करका सम्बन्धमा अव्यवहारिक नीति हटाउनुु पर्ने सुुझाव राखे ।

नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले मल्चिङ प्लाष्टिक, थोपा सिंचाईको पाइप तथा फलाम तथा पाइपहरूबाट बनेका ग्रिन हाउस संरचनाहरू नेपालमै उत्पादन सुरु भई बजारीकरण भई सकेकाले यी सवै स्वदेशी उत्पादनहरूलाईनै प्रवद्र्धन गर्ने नीति सरकारको हुुनुुपर्ने सुुझाव राखे ।

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका मनोज अधिकारीले एयर कार्गोको आवागमन सहज बनाउनु पर्ने, एयर कार्गोलाई सहज बनाउनुु पर्ने, कार्गो बोक्ने गाडीलाई पहिलो प्राथमिकता राखेर व्यवहार गर्नुपर्ने, फ्रेटमा अग्रिम टिडीएसको व्यवस्था अव्यवहारिक, सिपिङ लाइनमा पनि समस्या भएकाले समाधानमा पहल हुनुुपर्ने सुुझाव राखे ।

नेपाल जडीबुटी उत्पादक संघका अध्यक्ष प्रेमराज तिवारीले स्थायी सचिवालय नभएका सदस्य वस्तुुगत संघहरूको सचिवालय व्यवस्थापनमा सहयोग गर्नुपर्ने, जडीबुटीमा ठूला लगानीकर्ताहरू पनि आउनुुपर्ने, जडीबटीमा नयाँ नयाँ प्रविधि भित्रयाउन पहल गर्नुपर्ने सुुझाव राखे।
नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष नरेशलाल श्रेष्ठले आयात निर्यात बीचको फासला घटाउनुु पर्ने, ढुुवानीमा समस्या रहेको, कन्टेनर नपाउने र पाएमा पनि महंगो भाडा तिर्नुपर्ने समस्या,फेल्ट उद्योगका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने नीति राज्यको हुुनुुपर्ने सुुझाव राखे ।

साथै उनीहरूले महासंघले राखेको स्वागत एवम् बधाई कार्यक्रमको सराहना गर्दै यसबाट आफूहरूलाई महासंघले आफ्ना सदस्यहरूलाई उच्च प्राथमिकता दिएको आभास भएको बताए ।

कार्यक्रममा वस्तुुगत परिषदका उपसभापति अरनिको राजभण्डारी, महासंघको कार्यकारिणी समितिका सदस्यहरू, परिषद्का सल्लाहकार, सदस्यहरू, उद्यमी व्यवसायीहरूको उपस्थिति थियो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स