काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर ९३ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १२ सय ६० कायम भएको छ ।