सहकारीको ५० हजार ऋणबाट व्यवसाय विस्तार गर्दा नारायणी कोइराला करोडौंको मालिक

काठमाडौं । बर्दघाट नवलपरासीकी नारायणी कोइराला उक्त क्षेत्रको सफल महिला उद्यमी हुन् । थुप्रै पिडा र व्यथालाई चिर्दै उनी उक्त क्षेत्रको उद्दारणीय महिला बन्न सकेकी हुन् । उनीमा आट र सहासले भरिपूर्ण छ । उनी साहसी महिला पनि हुन् ।

२०५९ सालमा उनी मेघनाथ कोइरालाको श्रीमतीका रुपमा बर्दघाट भित्रिएका थिइन् । बिहे अघिदेखि नै नारायणीका श्रीमान मेघनाथले स्थानीय हाटबजारमा कपडाको व्यापार गर्दै आइरहेका थिए । विवाहपछि उनी पनि श्रीमानको कामकाजमा सहयोग गर्न थालिन् । विहे भएको एक वर्षपछि अर्थात् २०६० सालमा उनको परिवारमा नयाँ सदस्यको रुपमा छोराको जन्म भयो । परिवानमा सदस्य थपिएपछि उल्लाससँगै आर्थिक दाहित्व पनि बढ्दै गयो ।

छोराको भविष्य उज्जवल बनाउने योजनामा बन्न कोइराला दाम्पती लागे । यसका लागि पनि कोइराला दम्पतीमा आफ्नो आर्थिक क्षमता वृद्धि गर्नु पर्ने मनोवैज्ञानिक दवाव पनि थियो । जसका लागि उनीहरुले आफ्नो व्यवापार व्यवसायलाई अझै विस्तार गर्ने योजना बुने । नारायणीको सहयोग र मेघनाथको मेहनतले उनीहरुको व्यवसाय बढ्दै थियो । पारिवारिक जीवन पनि खुसीका साथ अघि बढ्दै थियो ।

तर, एक दिन नारायणीले जीवनमा ठूलो बज्रपातको सामना गर्नुपर्यो । पसलका लागि आवश्यक सरसामान खरिद गर्नका लागि काठमाडौं गएका मेघनाथ सडक दुर्घटनामा परे । २०६५ साल भएको उक्त बस दुर्घटनामा परेर मेघनाथ बिते । २५ वर्षको कल्कलाउँदो र के खाउ के लाउ भन्ने उमेरमा नारायणीको जीवन संगिनीसँगको सहयात्रा टुट्यो । एकल महिला त्यस माथि पनि छोरा हुर्काउने जिम्मेवारी पनि उनीमा थियो । श्रीमानले सदाका लागि छोडेर गए पछि छोरा हुर्काउन उनले कुनै कसर बाँकी राखिनन् । श्रीमानको साथ छुट्दा भन्दा पनि छोराको भविष्य अन्धकार हुने हो कि भन्ने चिन्ताले आफूलाई बढी सताउने गरेको उनी स्मरण गर्छिन् ।

‘श्रीमान साथ नहुनुको पिडा आफ्नै ठाउँमा छ । तर, यो नाबालक छोरालाई कसरी हुर्काउने । यसका लागि हिम्मत हार्नु हुँदैन । मैले हिम्मत हारे भने २ (उनी र छोरा) जनाको जीवन बर्वात हुन्छ,’ नारायणीले मलिन अनुहार लगाउँदै भनिन्, ‘छोराको उज्जव भविष्यका लागि मैले संघर्स जारी राख्नु पर्छ ।’

छोरालाई काखमा च्याप्दै उनले श्रीमानको व्यवसायलाई अंगालिन् । तर, व्यवसाय समाल्न सहज भने थिए । मेघनाथको मृत्यु हुनु अघि उनीहरु नयाँ घर बनाउने सुरसारमै थिए । श्रीमनको मृत्यु हुँदा घर ढलान हुन बाँकी थियो । घरलाई पूर्णता दिनुका साथै व्यवसाय र छोराको लालनपालन गर्ने सम्पूर्ण जिम्मेवारी उनको काँधमा थिए ।

दुखेसो पोख्दै उनी भन्छिन्, ‘एकल महिला भएकाले गाउँ घरका तथा आफन्तहरु सहयोग गर्नु पर्छ कि भनेर तर्किएर हिड्थें । ३ वर्ष जेनतेन जीवन चलिरहेको थियो । आफूसँग भएको संचित रकम पनि सकिन लागि सकेको थियो,’ उनले भनिन्, ‘व्यवसाय चलायमान राख्न र घरलाई पूर्णता दिन उनीसँग रकमको अभाव हुँदै गइरहेको थियो ।’ व्यवहारिक र आर्थिक चापका कारण जीवनबाट हरेस खाने अवस्थामा पुगिसकेको उनी स्मरण गर्छिन् ।

यस्तो जटिल अवस्थामा उनले नयाँ सारथीको रुपमा दाउन्नेदेवी महिला बहुउद्धेश्यीय सहकारी संस्था भेटिन् । आफन्त तथा छरछिमेकले विश्वास नगरेको अवस्थामा २०६८ सालमा उनीलाई सहकारीले बिना धितो ५० हजार रुपैयाँ ऋणी उपलब्ध गरायो । आज उनको जीवन परिवर्तन हुनुमा सहकारीको उक्त ऋणको योग्दान महत्वपूर्ण रहेको उनी गर्भका साथ स्वीकार गर्छिन् ।

‘ऋणका लागि कसैले विश्वास गरेको थिएन,’ उनीले भनिन्, ‘सहकारीका दिदीहरुले सदस्य बन्न प्रेरणा दिनु भयो । उहाँहरुको सहयोग र भरोसाले सदस्य भए । त्यस लगतै सहकारीले ५० हजार ऋण पत्यायो ।’ त्यही कर्जाको सदुपयोगबाट उनी आजको अवस्थामा पुग्न सफल भएको बताउँछिन् ।

सहकारीसँग सम्बन्ध जोडेको १० वर्षको अवधिमा उनी आर्थिक तथा पारिवारिक रुपमा निकै सबल भइसकेकी छिन् । उनको छोरा १२ कक्षामा अध्ययनतर छन् भने उनले कर्जाको सदुपयोग गर्दै घरको ढलान सम्पन्न गर्दै तला पनि थपिसकेकी छिन् । बर्दघाटमा उनीले आकर्षक २ तले घर उभ्याइ सकेकी छिन् ।

साथै उक्त घर बाहेक ५ स्थानमा घडेरी जोड्न सफल भइसकेको उनी सुनाउँछिन् । घर रहेको स्थानमा मात्रै करिब १० लाख रुपैयाँ बराबरको लागतमा कपडा पसल सञ्चालन गरिरहेकी छिन् । भने, सहरको आसपास क्षेत्रमा लाग्ने हाडबजारमा पनि नियमित रुपमा ब्यापार गर्दै आइरहेकी छिन् । व्यापारमा उनलाई अहिले छोराको पनि साथ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स