काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर ९२ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १२ सय ४५ रूपैयाँ कायम भएको छ ।