काठमाडौं । सोमबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर ९३ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ४५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।