हुन त मान्छे कहिले पनि पूर्ण सन्तुष्ट हुँदैन र हुन चाहँदैन पनि । सन्तुष्टिले मानिसले गर्ने कर्ममा अवरोध सिर्जना गर्छ । कामबाट विमुख बनाउँछ । मासिनको प्रगतिमा पूर्णविराम लगाउँछ । यहि नहोस् भन्नका लागि कतिपय मानिसहरू जीवनमा अथक प्रयास गरेर सफलताको शिखर चढिसक्दा पनि कहिले थाकेनन् । बरु समाजको मार्गनिर्देशक बनेर सधै आफूलाई अब्बल बनाइ चाँदीको चाँदजस्तो चम्काइ राख्न सफल भए् ।
यस्ता व्यक्तित्व जसले आफ्ना लागिमात्रै होइन अरुका लागि पनि केही गरौं भन्ने सोचका साथ अघि बढे । जीवनमा कहिले थाक्दैनन् । जतिसुकै अप्ठ्यारो परिस्थिति आएपनि दर्बिलो बन्दै आफूलाई प्रस्तुत गरे ।
वर्षौसम्म पनि यी पाइला यसरी नै बढिरहे जसरी व्यवसाय सुरु गर्दाको अवस्थामा थियो । सामाजिक सेवा र व्यवसायलाई सँगसँगै हिडाएर आफ्नो छुट्टै पहिचान बनाउन सफल कमलेश कुमार अग्रवालमा ६५ वर्षको उमेरमा पनि उत्तिकै जोश र जाँगर छ, आफ्ना लागि त धेरै गरे समाजका लागि केही गर्न सके थप सन्तुष्टि मिल्थ्यो भन्ने सोचमा छन् । र त नि उनले समाजिक सेवालाई पनि आफ्नो कर्म नै मानेका छन्, जीवनको अभिन्न अंग ठान्छन् ।
सामाजिक सेवा र व्यवसायलाई सँगसँगै हिडाएर आफ्नो छुट्टै पहिचान बनाउन सफल कमलेश कुमार अग्रवालमा ६५ वर्षको उमेरमा पनि उत्तिकै जोश र जाँगर छ, आफ्ना लागि त धेरै गरे समाजका लागि केही गर्न सके थप सन्तुष्टि मिल्थ्यो भन्ने सोचमा छन् । र त नि उनले समाजिक सेवालाई पनि आफ्नो कर्म नै मानेका छन्, जीवनको अभिन्न अंग ठान्छन् ।
धरानको सामान्य परिवारमा जन्मिएका अग्रवालसँग अहिले आफैले मेहनत गरेर कमाएको सम्पत्ति, इज्जत र प्रतिष्ठा छ । दर्जन उद्यम व्यवसाय गरेपनि अग्र पङ्तिमा आफूलाई देखाउन खासै नरुचाउने अग्रवाल मानिसको साँघुरो सोच र परिधिबाट बाहिर निस्केर रातदिन नभनि कर्ममा लागे र काममा सफलता पाउँदै पनि गए ।
सानै भएपनि घरबाटै व्यवसायिक संस्कार सिकेका उनीसँग अहिले आफ्नै विभिन्न उद्यम र व्यवसाय छन् । उनको उद्यम व्यवसाय गरेर रोजगारीमात्रै सिर्जना गरेका छैनन्, देशकै अर्थतन्त्र निर्माणमा पनि महत्वपूर्ण भुमिका खेलेका छन् ।
के के गरे अग्रवालले आफूलाई स्थापित गर्न ?
वितरण व्यवसायबाट साढे ४ दशक अघि व्यवसायिक यात्रा शुरु गरेका अग्रवालको बुबाको धरान पुरानो बजार ‘रतनरोड’ मा कपडा पसल थियो । कपडाको व्यापार धेरै उधारोमा जान थालेपछि बुबाले कपडा पसलको व्यापार छाडेर किराना पसल थाल्नु भयो ।
२०३० सालमा धरानबाट आईकम पास गरेपछि अग्रवाल ग्रेजुएशनको लागि काठमाडौं आए । मिनभवन क्याम्पसमा भर्ना भए र २०३३/३४ सालमा एमबीए (माष्टर) गरे । बीमा र बैकिङमा भारतबाट विशेष कोर्ष गरेका अग्रवालले शुरुमा व्यवसाय गर्दा नेस्लेले उत्पादन गरेको प्रडक्टहरू वितरण गर्ने काम गरेका थिए । उनले त्यतिबेला ५ लाख रुपैयाँबाट त्यो व्यवसाय सुरु गरेका हुन् । पढाइको सिलसिलामा विराटनगरमा बस्दा उनले जुटको निर्यात गरेर केही पैसाजम्मा गरेका थिए ।
सानैदेखि व्यवसायिक मानसिकता बोकेका अग्रवालले त्यतिबेला नै वस्तु आयात गर्नको लागि लाइसेन्स लिएका थिए । त्यो लाइसेन्स बेचेर उनले नेस्ललगायतका उत्पादनलाई नेपाली बजारमा ल्याउने वितरणको काम गरेका हुन् ।
सानैदेखि व्यवसायिक मानसिकता बोकेका अग्रवालले त्यतिबेला नै वस्तु आयात गर्नको लागि लाइसेन्स लिएका थिए । त्यो लाइसेन्स बेचेर उनले नेस्ललगायतका उत्पादनलाई नेपाली बजारमा ल्याउने वितरणको काम गरेका हुन् ।
त्यतिमात्रै होइन उनले २०४४/४५ मै गार्मेन्टका कपडा निर्यात पनि गरिसकेका थिए । त्यतिबेला नेपालको गार्मेन्ट विश्व बजारमा धेरै माग थियो । एकपछि अर्को व्यवसायमा सिफ्ट हुँदै गएका अग्रवालले त्यसको लगत्तै रेडिमेट गार्मेट निर्यातको सट्टामा नेपाली कार्पेट निर्यात गर्न थाले ।
सरकारले निजीकरणको नीति लिएपछि २०५४/५५ मा ढलोट कारखानामा पनि ५१ प्रतिशत सेयर राखे । उत्पादन राम्रो हुँदै थियो । पार्टनरबीच ब्रेक भएपछि ढलोट उद्योग उनले छाडिदिए । हरिभक्त सिटौलासँगको पार्टनरमा थियो त्यो कारखाना ।
भारतमा बैंक र बीमाका वारेमा विशेष कोर्स गरेपनि उनले त्यतिबेलासम्म यो क्षेत्रमा काम गरेका थिएनन् । २०६० सालमा उनले देश कै गर्भिलो इतिहास बोकेको सरकारी स्वामित्वको बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानमा सञ्चालक भएर काम गर्ने अवसर पाए ।
भारतमा बैंक र बीमाका वारेमा विशेष कोर्स गरेपनि उनले त्यतिबेलासम्म यो क्षेत्रमा काम गरेका थिएनन् । २०६० सालमा उनले देश कै गर्भिलो इतिहास बोकेको सरकारी स्वामित्वको बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानमा सञ्चालक भएर काम गर्ने अवसर पाए ।
त्यति नै बेला उनी चेम्बर अफ कमर्शमा पनि प्रवेश गरेका हुन् । चेम्बरमा उनी सचिव, २ पटक महासचिव, उपाध्यक्ष हुँदै अहिले वरिष्ठ उपाध्यक्षको भुमिका छन् । सरकारी स्वामित्वको नागरिक लगानी कोषको इन्भेष्टमेन्ट कमिटीमा अहिले पनि उनी सक्रिय छन् ।
उनलाई त्यतिले चित्त बुझेन र २०६८ सालमा फम र मेट्रेसको उद्योग स्थापना गरे सतुङ्गोलमा । उक्त उद्योग अहिले पनि सञ्चालनमा छ । अग्रवाल २०६३ सालदेखि नेपाल लाइफमा स्वतन्त्र सञ्चालक भएका लामो समयसम्म रहे । अहिले पनि उनी नेपाल लाइफका सञ्चालक हुन् । देश कै अब्बल कम्पनीको रुपमा अहिले नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।
त्यति नै बेला उनी एनएमबि बैंक पनि सञ्चालक थिए । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफिया आएपछि उनले बैंक र बीमामध्ये एउटा छोड्नु पर्ने भयो ।
त्यति नै बेला उनी एनएमबि बैंक पनि सञ्चालक थिए । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफिया आएपछि उनले बैंक र बीमामध्ये एउटा छोड्नु पर्ने भयो ।
उनको रोजाइमा बैंक भएपनि उनले सञ्चालक रुपमा बैंकलाई छोडेर बीमामा बस्नु पर्ने अवस्था सिर्जना भयो । उनलाई बैंक सञ्चालक भएर काम गर्ने ठूलो इच्छा थियो र अझै छ पनि । उनले कुरा गर्दा नरामाइलो फिल गर्दै भने ‘बैंक सञ्चालकमा बसेर काम गर्ने तीब्र इच्छा भएपनि बाफियाका कारण एक ठाउँको सञ्चालकको पद छाड्नु पर्ने भयो, बैंक छाडेर बीमा बसे ।’
एनएमबिमा उनको यात्रा
एनएमबिमा बस्दा उनले क्लिन इनर्जी डेभलपमेन्ट बैंक, पाथिभार विकास बैंक, भृकुटी विकास बैंक र प्रुडेन्सियल गरी चारवटा विकास बैंकलाई आफै संयोजक भएर एनएमबिसँग मर्ज गराए । ‘त्यति नै बेला एफएमओबाट २० प्रतिशत पुँजी ल्याउन पनि बैंक सफल भए । बैंकमा यसरी पुँजी ल्याउन पनि उनले कम मेहनत गर्नुपरेको थिएन,’ उनले सम्झिए ।
२०७२ सालमा खानेपानी लिमिटेडको स्वतन्त्र संचालक भएर काम गरेका अग्रवाललाई राजस्व परामर्श समितिमा समेत बसेर काम गरेका अवसर मिल्यो । उनले सेयर बजारमा पनि राम्रै प्रतिनिधित्व र पकड जमाएका छन् ।
पछिल्लो समय सञ्चालकमा आएको होटल ‘हायत प्लेस’ मा पनि उनी ४ सञ्चालकमध्ये एक हुन् । काठमाडौंको दक्षिणकाली नगरपालिकामा पर्ने चम्पादेवी मन्दिरमा जानको लागि उनले केबुलकार निर्माण गर्दैछन् । त्यहाँबाट पुरै काठमाडौं छलङ्ग देखिनुका साथै हिमाल देख्न सकिन्छ । त्यहि भएर उनले यहाँ पर्यटकीय सम्भावनालाई मध्येनजर गर्दै केबुलकार निर्माण गर्न लागेका हुन् । उनको यो प्रोजेक्ट अघि बढी सकेको छ ।
निजी व्यवसाय र कर्पोरेट व्यवसायबीचको अन्तर
निजी व्यवसायबाट कर्पोरेट व्यवसायमा जाँदा धेरै फरक हुने बताउने अग्रवाल कर्पोरेट कल्चरमा व्यवसाय गर्न र त्यसमा टिकिराख्न ठूलो आत्मबल चाहिने बताउँछन् । ‘यसको साथै क्यापासिटी वियरिङ र प्यासन पनि चाहिन्छ उनी भन्छन् ‘यी गुण व्यवसायी तथा उद्यमीका गहना हुन, जसले यसलाई अगाल्न सक्यो ऊ सफल भयो । व्यापार व्यवसाय गर्दा अप्ठ्यारो परिस्थिति आउन सक्छ । यसमा आत्तियो भने हामी माथि उठ्न सक्दैनौ, सम्यमता हुनपर्छ, रिक्स वियरिङ क्यापासिटी योजनावद्ध ढंगबाट गर्दै जाने योजना बनाउनु पर्छ ।’
सेयर बजारमा उनको इतिहास
अग्रवालका बुबाले त्यति बेला नै सरकारले स्थापना गरेको रघुपति जुट मिलमा १ सय कित्ता सेयर खरिद गरेका थिए । ‘बुबा (रामेश्वरलाल अग्रवाल) ले उक्त सेयर प्रतिकित्ता १० भारतीय रुपैयामा किनेका थिए् ।
रघुपति जुटमिल खुल्दा नेपालमा त्यतिबेला नेपाली रुपैयाँको चलनचल्ती त्यति थिएन । बोर्डर एरियातिर वा सरकारले नै पनि कतिपय काममा भारतीय रुपैयाँ नै प्रयोगमा ल्याउँथ्यो । नेपाली रुपैयाँ त पछिमात्रै चलन चल्तीमा सञ्चालनमा आएको हो ।
त्यति बेला नै सेयर लगानीमा अग्रसर उनको परिवारिक पृष्टभूमीले पनि उनलाई सेयर बजारमा आकर्षित बनायो र अहिले पनि यो क्षेत्रमा उनको उत्तिकै पडक र उपस्थिति छ ।
सामाजिक सेवामा अग्रवाल
२०७४ सालमा राष्ट्रपतिबाट विभुषित अग्रवालले थुप्रै सामाजिक काममा समर्पित भएर काम गरेका छन् ।
२०५८ सालमा राष्ट्रिय मारवाडी समितिको कोषाध्यक्ष भएर काम गरेका अग्रवालले मारवाडी सेवा केन्द्रमा समेत काम गरेका छन् । अहिले पनि उनी निरन्तर यो सेवामा छन् । यसका साथै उनी अन्य सामाजिक सेवामा निरन्तर लागिरहेका छन् ।
उमेरले साढे ६ दशक र उद्यम व्यवसायमा पनि ४ दशक पार गरिसक्दा पनि अग्रवालमा उत्तिकै जोश जाँगर छ । आफूले सुरु गरेको जस्तो सुकै काम पनि सहजै गर्न सक्छु भन्ने आत्मबल र विश्वास दुबै छ । बिहान उठेदेखि बेलुका नसुत्दासम्म नियमित रुटिन छ । मिटिङ भेटघाट र समय मिलेको बेलामा व्यवसायलाई रेखदेख गर्न समेत उनी भ्याउँछन् । छोरो जयन्तले व्यवसाय सम्हालेका छन् भने छोरीको विवाह भइसकेको छ ।
२०५८ सालसम्म वितरण व्यवसायमा काम गर्दा उनको जीवन सामाजिक जीवन जस्तो थिएन । बिहान उठेर हिड्यो, राति कति बजे फर्कने हो कुनै टुंगो थिएन । आफ्नै जीवन अस्तव्यस्त बनाएर पनि उनी समाजसेवामा भने कहिले पछि हटेनन् ।
जब उनले त्यो व्यवसाय छाडेर उद्यम गर्न थाले त्यसपछिमात्रै सामाजिक जीवन पाएका हुन् । जीवन व्यवस्थित बन्दै गयो । उनी भन्छन् ‘त्योभन्दा अगाडि रातिसम्म व्यापारमै हुन्थे, समय मिलाएर सामाजिक काममा हिड्थे, चाहेर पनि परिवारलाई त्यति समय दिन सकिरहेको थिइन ।’
जब उनले त्यो व्यवसाय छाडेर उद्यम गर्न थाले त्यसपछिमात्रै सामाजिक जीवन पाएका हुन् । जीवन व्यवस्थित बन्दै गयो । उनी भन्छन् ‘त्योभन्दा अगाडि रातिसम्म व्यापारमै हुन्थे, समय मिलाएर सामाजिक काममा हिड्थे, चाहेर पनि परिवारलाई त्यति समय दिन सकिरहेको थिइन ।’
तर, अहिले उनलाई कुनै पाउवन्दी छैन । जस्तो सुकै काम पर्दा पनि सामाजिक कामलाई प्राथमिकतामा राखेर काम गर्छन् । उनको अहिलेका दिन चर्या पनि यहि नै हो । उनको यो जोशले जो सुकैलाई पनि काम गर्न हौसाउँछ र प्रेणित गर्छ ।
जन्मदै व्यवसायी घरानामा जन्मिएका अग्रवालले जीवनमा सफलता प्राप्त गर्नका लागि धेरै प्रकारका काम गरे । केहीमा उनलाई सफलता मिल्यो भने केही विस्तारै पछि पर्दै गए । विशेषत उनलाई जग्गामा गरेको लगानीले आर्थिक रुपमा थप बलियो र सवल बनायो । अहिले उनीसँग आफैले आर्जन गरेको पुग्ने सम्पत्ति छ र सानो घरसंसार छ ।
आर्थिक पाटोबाट केलाउँदा सेयर लगानी पनि उनका लागि कम महत्वपूर्ण छैन । सायद नेपालमा सेयर खरिद गर्ने पहिलो व्यक्ति नै हुन सक्नुहुन्छ अग्रवालका बुबा । सेयरमा लगानी गर्ने हौसला घरैबाट सिकेका अग्रवाल अहिले सेयर बजारका पनि राम्रा ज्ञाता र लगानीकर्ता हुन् ।
टेन्सनलाई मिनिमाइज गर्न सक्नुपर्छ
व्यवसाय गर्दा टेन्सन हुन्छ, तर त्यसलाई मिनिमाइज गर्न भने सकिन्छ,’ उनी भन्छन् ‘प्रकृतिसँग लड्न संयमता चाहिन्छ । जतिबेला उनको सतुङ्गोल (फम र मेट्रेस) को कारखानामा आगो लाग्यो । त्यति बेला उनी साह्रै चिन्तित भए । २०६७ सालमा उनको कारखानामा आगो लाग्दा उनलाई अब सकिएजस्तै लागेको थियो,’ उनले सविस्तार भने ‘तर, त्यसो होइन रहेछ ।’
मैले धैर्यता नगुमाइ कर्म गरिरहे । प्रकृतिले लिएको धन विस्तारै फर्काउँदो रहेछ । यो उनका लागि ठूलो पाठ पनि बन्यो । ‘मलाई मेरो एकजना शुभचिन्तकले भन्नु पनि भएको थियो आगो लागेर जलेको सम्पत्ति विस्तारै फर्किन्छ भनेर र फर्कियो पनि,’ उनले भने । किन कि मैले धैर्यता गुमाइन र कर्म गरिरहे । यो मेरो जीवनको ठूलो दुर्घटना थियो ।
उनको जीवनमा अर्को पारिवारिक घट्ना पनि छ तर, उनले त्यो घटना पनि ईश्वरलाई सम्झिएर स्वीकारे । धैर्यता राखे । अहिले उनीसँग घरजग्गा, सेयर, उद्यम व्यवसाय गरी अर्बको सम्पत्ति छ ।