बालाजुमै नयाँ प्लान जडान गरेर उत्पादन बढाउँदै नेबिको विस्कुट, अब दैनिक ४० टन उत्पादन हुने

काठमाडौं । विस्कुट उत्पादक कम्पनी नेबिकोले आफ्नो क्षमता विस्तार गर्ने भएको छ । काठमाडौं स्थित बालाजु उद्योगमा आगोलागी भएसँगै कम्पनी पूर्ण रुपमा सञ्चालनमा आउन सकेको थिएन । २०७८ साउन २३ गते कम्पनीको बालाजु स्थित उद्योगमा आगलागी हुनु पूर्व नेबिकोले दैनिक २५ टन विस्कुट उत्पादन गर्दै आइरहेको थियो ।

आगलागी भएको ४४ दिन पछि कम्पनीले बालाजु उद्योगबाट उत्पादन शुरु गरेपनि पूर्ण क्षमतामा भने उत्पादन हुन सकेको थिएन । हाल कम्पनीले दैनिक १३ टन विस्कृट उत्पादन गर्दै आइरहेको छ । अब उत्पादनलाई बढाएर दैनिक ४० टन पुर्याउन लागेको नेबिको बिस्कुट प्रालिका प्रमुख कार्यकारी अधिकृत केशव भट्टराईले हाम्रोअर्थलाई जानकारी दिए ।

‘कम्पनीले यस अघि हेटौंडामा नयाँ प्लान विस्तार गरेर उत्पादन बढाउन खोजेको थियो,’ सीईओ भट्टराईले भने, ‘तर आगलागी पछि बालुजुकै प्लानको क्षमता विस्तार गरेर उत्पादन बढाउन लागिएको हो ।’

नयाँ प्लान विस्तारका लागि १५ करोड रुपैयाँ लगानी थप गर्न लागिएको भट्टराईले जानकारी दिए । जसमा भवन निर्माणमा ५ करोड, मेसिन तथा उपकरणमा ५ करोड र सञ्चालन खर्च ५ करोड रुपैयाँ रहेको छ ।

‘कम्पनीले बजारको माग अनुसारको विस्कुट उपलब्ध गराउन सकेको छैन । माग पूर्ती गर्न पनि उत्पादन बढाउन आवश्यक छ,’ नेबिको बिस्कुटका ब्रान्ड म्यानेजर अरुण पौडेलले भने, ‘विगतमा दैनिक २५ टन खपत भइरहेको थियो ।’ बजारीकरण गर्न सकियो भने थप १५ टन दैनिक खपत बढाउन सकिने पौडेलले बताए ।

उनका अनुसारको अबको ४५ देखि ६० दिन भित्रमा प्लान सञ्चालनमा आउने उनको दावी छ ।

कम्पनीबाट साढे ३ सय जनाले प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ । कम्पनीले वार्षिक १ अर्ब २० करोड रुपैयाँको करोबार गर्दै आएको छ । नेबिको नेपालको पहिलो बिस्कुट फ्याक्ट्र हो । उक्त कम्पनी २०२१ सालमा स्थापना भएको थियो ।

कम्पनीमा ३३/३३ इन्चको दुई प्लान्ट छ । सोहीबाट विस्कुट उत्पादन गरिरहेको थियो ।

कम्पनीले ४ वर्ष अघि २०७४ मा भैरहवा पनि सोही सिरिजको प्लान्ट जडान गरेर पश्चिततिरको बजारमा आपूर्ति गर्दै आएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स