काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले बढेर ९३ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय १० रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १२ सय ३५ रूपैयाँ कायम भएको छ ।