शौर्य सिमेन्टलाई ५३ ग्रेडको मान्यता

काठमाडौं । उदयपुरको चुनढुंगाबाट उत्त्पादित शौर्य सिमेन्ट ५३ ग्रेडको मान्यता पाएको छ । भर्खरै नेपाली बजारमा आगमन गरेको यस सिमेन्टले सानो समयमै यो उपलब्दी हात पार्न सफल भएको हो । कम्पनीले पुस मसान्तसम्म आफ्नो सबै ग्राहकहरुलाई ४३ ग्रेडको मूल्यमा ५३ ग्रेडको सिमेन्ट उपलब्ध गराउने भएको छ ।

सिरहा जिल्लाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्ट ओपिसी , पिएससी सिमेन्टहरु उत्त्पादन गर्दछ । आगामी दिनमा पिपिसी र लो अल्काली सिमेन्टको उत्पादन प्रक्रियामा रहेको एस उद्योगले नेपालमै पहिलो पल्ट लो अल्काली सिमेन्टको उत्पादन गर्ने पहिलो सिमेन्ट उद्योग रहेको छ। जसमध्य लो अल्कली सिमेन्ट उत्त्पादन गर्ने शौर्य सिमेन्ट नेपालमा नै पहिलो कम्पनी रहेको छ । यसले दैनिक ७० हजार बोरा सहित ३५ सय मेट्रिकटन उत्त्पादनको क्षमता राख्दछ जसले देशभरिको बजार माग सजिलै धान्न सक्दछ ।

शौर्य सिमेन्ट इण्डनष्टिजले सिमेन्ट उत्पादनमा गुणस्तरीय कच्चा पदार्थको प्रयोग गर्दछ । यसको मुख्य कच्चा पदार्थको स्रोत उदयपुरको नढुंगा रहेको छ । यस चुनढुंगामा अलुमिनियम र मग्नेसियमको मात्रा एकदम कम रहेको हुनाले यसबाट उत्त्पादित क्लिन्कर उच्च गुणस्तरको रहने मानिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स