नेपाल उद्योग वाणिज्य महासंघले बुधबार नवउत्थान सम्मेलन गर्ने, तिव्र र दिगो आर्थिक वृद्धिसम्बन्धी वहस हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड पश्चातको नव उत्थान सम्मेलनको आयोजना गर्ने भएको छ । आगामी बुधबार काठमाडौंमा हुने उक्त सम्मेलनमा विश्वव्यापी रूपमा देखापरेको कोभिड १९ को महामारी प्रकोपबाट अर्थतन्त्रमा परेको प्रभाव विषयमा विशेष छलफल हुने महासंघका अध्यक्ष शेखर गोल्छाले बताए ।

‘अर्थतन्त्रमा हाल देखिएका चुनौतीको विषयमा विशेष छलफल गर्नेछौं,’ उनले भने ‘सो सम्मेलनबाट आएका राय, सल्लाहहरूलाई समेटेर एफएनसीसीआईले पहिलानै तयार पारेको डकुमेण्टमा सो सुझाव समेत समावेश गरी सरकारलाई पेश गर्ने छौं ।’ साथै यसको निरन्तर फलोअप अर्थात पैरवीमा पनि महासंघ रहने उनले बताए ।

सम्मेलनको मुख्य उद्देश्य बदलिंदो परिस्थितिमा तिव्र र दिगो आर्थिक वृद्धिसम्बन्धी वहस हुने महासंघले जनाएको छ ।
अर्थतन्त्रलाई अझबढी गतिशिल तथा चलायमान बनाउन हुनुपर्ने नीतिगत व्यवस्थाहरू सहित छलफल गर्ने उद्देश्य महासंघले लिएको हो ।

कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रहरू पर्यटन तथा मनोरञ्जन, साना, घरेलु तथा मझौला उद्यम व्यवसाय, निर्यातका साथै बैंकिङ क्षेत्रमा केन्द्रित रहेर उक्त सम्मेलन आयोजना गरिने महासंघले जनाएको छ ।

हाल देखिएका समस्यालाई समाधानको उपायहरू खोज्दै अर्थतन्त्रलाई पुनः चलायमान कसरी बनाउने, कसरी थलिएको व्यवसाय क्षेत्रलाई पुनरूत्थान गर्नेसहित यस्ता व्यवसायलाई थप उर्जा दिन सकिन्छ भन्ने विषय सम्मेलनमा केन्द्रमा रहने छ ।

सम्मेलनको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गर्ने छन् भने महासंघका अध्यक्ष शेखर गोल्छा, आइएलओ नेपालका निर्देशक डा. रिचर्ड हवार्ड र महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि उद्घाटन पछिको पहिलो शत्रको अध्यक्षता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गर्ने छन् । महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले निर्यात र बैकिङ क्षेत्रमा कार्यपत्र प्रस्तुुत गर्ने उक्त शत्रमा नेपाल बैकर्स संघका अध्यक्ष अनिल उपाध्यायले आफ्नो धारणा राख्ने छन् ।

अर्को प्राविधिक शत्र निर्यात प्रवद्र्धनका विषयमा हुनेछ भने सो शत्रको अध्यक्षता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले गर्ने छन् । महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले कार्यपत्र प्रस्तुुत गर्ने उक्त शत्रमा निर्यातकर्ता सुनिता शेर्पाले आफ्नो धारणा राख्ने छन् ।

त्यसपछिको शत्रमा लघुु, घरेलु तथा साना उद्योग प्रवद्र्धनका विषयमा हुने छ । उक्त शत्रको अध्यक्षता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले गर्ने छन्। महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुुत गर्ने छन् भने उद्यमी श्याम वदन श्रेष्ठ र आइएलओ जेनेभाबाट एसएमइज विज्ञले आफ्नो धारणा राख्ने छन् ।

चौथो शत्र पर्यटन तथा मनोरन्जन क्षेत्रको हुने छ । उक्त शत्रको अध्यक्षता संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गर्ने छन् । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यपत्र प्रस्तुुती गर्ने छन् । वरिष्ठ कलाकार निर्देशक निर विक्रम शाहले मन्तव्य राख्ने छन् ।

समापन कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले सम्मेलनको निश्कर्ष प्रस्तुुत गर्ने तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल र अर्थमन्त्रालयका सचिव मधुु मरासिनीले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलन पूर्व महासंघका सम्बन्धित समितिले यी विषयमा गहन छलफल गरी प्रतिवेदन तयार पारेका छन् । उक्त प्रतिवेदनमा सम्मेलनका क्रममा आएका सुुझाव समेत समावेश गरी समापन शत्रमा योजना आयोग र अर्थ मन्त्रालयलाई बुुझाइने छ । साथै सम्बन्धित मन्त्रालय र निकायहरूमा पनि सम्मेलनबाट आएका सुुझावहरू बुुझाउने योजना महासंघले बनाएको छ ।

महासंघको सचिवालय टेकूमा मंसिर २९ गते बुधबार, विहान ९ः३० बजेदेखि शुुरु हुने सम्मेलनमा उद्यमी व्यवसायीदेखि महासंघका पदाधिकारी र सञ्चारमाध्यमको सहभागिता रहने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स