एकैदिन तोलामा यति धेरैले बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले बढेको छ ।

शुुक्रबार, छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले बढेर ९२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ९० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १२ सय रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स