केएल दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिजलाई उत्कृष्ट निर्यात कम्पनीको रुपमा सम्मान

काठमाडैं । केएल दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिलाई आर्थिक वर्ष २०७७/७८ मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यात गरी मुलुकको व्यापार घाटा न्युनीकरण एवम् अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याइ उत्कृष्ट निर्यातकर्ता भएकोमा मोरङ व्यापार संघले सम्मान गरेको छ ।

संघले उक्त सम्मान आफ्नो ६५ औँ वार्षिक साधारण सभाको समुदघाटन समारोहको अवसरमा सम्मनीय अर्थमन्त्री जनार्दन शर्माूबाट स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिका संचालक विकास दुगडलाई प्रदान गरेको हो ।

स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेल जस्ता गुणस्तरीय तथा लोकप्रिय तेलहरु उत्पादन गरी बिक्री वितरण गर्दै आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स