शिवम् सिमेन्टले दोस्रो चरणमा पनि गर्यो ५ सय निर्माणकर्मीको बीमा

काठमाडौं । शिवम् सिमेन्टले ५ सयभन्दा बढी निर्माणकर्मीहरू बीमा गरिदिएको छ । कम्पनीले निर्माणकर्मीको ५ लाख रुपैयाँको दुर्घटना बीमा गराएको हो । पोखरा सहित गण्डकी प्रदेशका विभिन्न १० स्थानमा सम्पन्न निर्माण कर्मीहरुसँग प्राविधिक अन्तरक्रिया कार्यक्र गरेर उनीहरूको बीमा गरिदिएको हो ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपूर्ण कार्यहरु गरिरहेका हुन्छन् । उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो ।

सो अन्तरक्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गरी बीमा पोलिसी समेत हस्तान्तरण गरिएको थियो । स्याङ्जा, तनहु, लमजुङ, गोरखा, बाग्लुङ लगायत जिल्लाका विभिन्न १० स्थानमा ५ सय बढि निर्माण कर्मीहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी १५ सय बढी निर्माणकर्मीहरुसँग अन्तक्रिया तथा उनीहरुको जोखिम बीमा सम्पन्न गरेकोे छ । अन्तरक्रिया कार्यक्रममा निर्माणकर्मीहरुलाई दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीलाई दिनहु आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको थियो ।

शिवम् सिमेन्टले चरणवद्ध रुपमा देशका विभिन्न स्थानहरूमा नियमित रुपमा निर्माण कर्मीहरुसँग प्राविधिक अन्तक्रिया तथा बीमा कार्यक्रम गर्दै आइरहेको छ ।

पहिलो चरण अन्तर्गत शिवम् सिमेन्टले भाद्र तथा असोज महिनामा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढि निर्माणकर्मीहरुसंग प्राविधिक अन्तक्रिया गरी उनीहरुको जोखिम बीमा गराइ सकेको थियो ।

उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरकहरु, उद्योगी, व्यवसायी लगायतका उपस्थिति रहेको थियो । शिवम् सिमेन्टले आगामी दिनहरुमा समेत शिवम् सिमेन्टका विक्रेताहरुसँगको समन्वयमा यस अन्तक्रिया तथा निःशुल्क बीमा कार्यक्रम निरन्तर सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स