काठमाडौं । छापावाल सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार छापावाल सुनको मूल्य १८ सय रूपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७७ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ८ सय रूपैयाँले बढेर १ लाख ७९ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ३५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।