काठमाडौं । निर्माण क्षेत्रमा प्रयोग हुने छड (स्टिल) को मूल्य हरेक दिन वृद्धि भएको भन्दै त्यसका सप्लायर्सहरु खोजी कार्य सरकारले गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अस्वभाविक मूल्य निरन्तर वृद्धि भएको भन्दै उपत्यकाका सबै सप्लायर्स बन्द गराउन थालेको हो ।
सोमबार ५ वटा सप्लायर्स कम्पनीलाई बन्द गराएकोमा आज भने एउटा कम्पनीलाई बन्द गराएको हो ।
विभागले दैनिक रुपमा प्रतिकेजी १० रुपैयाँसम्म मुल्य वृद्धि भएकोले बन्द गराउनु परेको बताएको छ ।
त्यसमा अस्वभाविक मूल्य वृद्धि समेत देखिएको विभागले बताएको छ, ‘हामीले अनुगमनको क्रममा कागजात हेरेका छौं । त्यसमा आयतको मूल्य र बिक्रिको मूल्यदरमा अस्वभाविक देखिन्छ । त्यसकारण पनि केहि दिनको लागि बिक्रि वितरण रोक्नु परेको हो ।’
सप्लायर्स मात्रै होइन, उद्योगीले पनि पछिल्लो समय मूल्य वृद्धि भैरहेको र त्यसकार कारण रहेको बताउने गरेका छन् ।
स्टिल उद्योगी शोभाकर न्यौपाने भन्छन्,‘कच्चा पदार्थको मूलय वृद्धि भएको छ । साथै अहिले १२ घण्टा भन्दा बढि उद्योगहरुमा लोडसेडिङ रहेको छ । त्यसकारणले पनि लागत बढिरहेको छ र मूल्य बढाउनु परेको हो ।’
तर विभागले भने सप्लायर्सहरुको खरिद र बिक्रि मूल्य तथा बिलिङमै समस्या देखिएको बताउने गरेको छ ।
बन्द हुनेमा कुनकुन फर्म परे ?
अनुगमन पछि सप्लायर्स कम्पनीहरुलाई विभागले तत्कालको लागि बिक्रि वितरणमा रोक लगाएको छ भने कागजागत सहित उपस्थित हुन निर्देशन दिएको छ ।
सोमबार विभागको कारवाहीमा पर्नेमा सिद्धार्थ स्टिल प्रालि ललितपुर रहेको छ । आइतबार भने ५ वटा कम्पनीहरु परे । जसमा कोटेश्वर डण्डी पसल टेर्डस , पञ्चकन्या हार्डवेयर, भवानी माँ हार्डवेयर, बिक्की हार्डवेयर हाउस प्रालि , राजेश हार्डवेयर रहेको छ ।