वस्तु आयात र निर्यात दुबै बढ्यो, ८ महिनामा वैदेशिक व्यपार १३ खर्ब ३ अर्ब पुग्यो

काठमाडौं । यो वर्ष वस्तु आयात र निर्यात दुबै बढेको छ । चालू आर्थिक वर्षको ८ महिनामा वैदेशिक व्यपार १३ खर्ब ३ अर्ब पुगेको हो ।

भन्सार विभागको तथ्यांकअनुसार ८ महिनामा नेपालबाट १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख २ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको हो ।

तुलनात्मक रुपमा अघिल्लो वर्षको सोही अवधिभन्दा यो ५७ दशमलव २० प्रतिशत वृद्धि हो । साउनदेखि फागुनसम्मको अवधिमा नेपालको आयात व्यापारमा पनि सुधार देखिएको छ ।

८ महिनामा नेपालले ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख ४० हजार रुपैयाँबराबरको आयात गरेको हो । अघिल्लो वर्ष सोही अवधिमा १० खर्ब ३० अर्ब २२ करोड २६ लाख ९९ हजारको मात्र भएको थियो ।
आयात ११ दशमलव २० प्रतिशतले वृद्धि देखिएको हो ।

यो अवधिमा नेपालको व्यापारघाटा ६ दशमलव २२ प्रतिशतले बढेको छ । ८ महिनामा व्यापारघाटा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख ३८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष व्यापारघाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख ५५ हजार रुपैयाँ थियो ।

प्रतिक्रिया

हेडलाइन्स