काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर ९१ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १२ सय रूपैयाँ कायम भएको छ ।