बुटवलका अटो व्यसायीको थापालाई प्रतिवद्धताः भोट दिएर जिताउँछौं

काठमाडौं । लुम्बिनी अटोमोबाइल एसोसिएसनले नाडा अटोमोबाइल्स एसोसिएनको आगामी चुनावमा धु्रव थापा अत्यधिक मत दिएर जिताउने प्रतिविद्धता गरेका छन् । लुम्बिनी अटोमोबाइल एसोसिएसनका अध्यक्ष गणेश भट्टराईसहित थापालाई विजय गराउन स्थानीय क्षेत्रका अटो व्यवसायी लागेको बताइएको छ ।

नाडाको चुनाव नजिकिएसँगै थापा समूहको देशव्यापी अन्तरक्रिया कार्यक्रम तीव्र भएको छ । यहि क्रममा बुटवलमा पनि अन्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

घराना व्यवसायी चौधरी गू्रपको करण चौधरी विरुद्ध उम्मलवारी दिएका ध्रुव थापा प्यानललाई दुगड समूह, वैद्य अर्गनाइजेसन, जगदम्बा ग्रुप, विशाल ग्रुप, केडिया अर्गनाइजेसन, लक्ष्मी समूह, आईएमई समूह, अग्नी समूह, ज्योति समूह, पञ्चकन्या ग्रुपआदि जस्ता घराना व्यवसायीहरुको समर्थन रहेको छ ।

थापा समूहबाट सदस्यपदका उम्मेदवार नारायण प्रसाद पौडेल (राजन) ले सञ्चालन गर्नु भएको कार्यक्रममा ध्रुवथापाले सम्पूर्ण उम्मदेवार परिचय गराए पश्चात् आधिकारिक रुपमा सुरुवातभएको थियो । उक्त कार्यक्रममा लायन्स क्लब अफ बुटवलका पूर्व गभर्नर तथा फोर स्क्वार अटो वर्कसपका मालिक महेन्द्रनारायण श्रेष्ठले थापा समूहलाई पूर्ण समर्थन रहेको बताउँदै शुभकामना व्यक्त गरे ।

लुम्बिनी अटोमोबाइल एसोसिएसनका अध्यक्ष भट्टराईले प्रत्याशी थापालाई हाम्रो सम्पूर्ण व्यवसायीहरुको समर्थन रहेको र चुनावमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै कोरोनाको महामारीबाट गुज्रिरहेको हालको विषम परिस्थितिमा सहकार्य गरेर नाडाको समिति निर्माण गर्दा राम्रो हुने बताए ।

लुम्बिनीक्षेत्रका अटोमोबाइल व्यवसायीहरुको उपस्थिती रहेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार थापाले अब नाडामा व्यवसायी मैत्री वातावरणको सृजना गर्दै नाडाका सदस्यहरुको क्षमता अभिवृद्धि गर्न विविध गोष्ठीको आयोजना गर्ने बताए । ‘नाडाको नीतिगत सुधारका लागि सरकारसँग प्रभावकारी संवाद गर्न छुट्टै समितिको निर्माण गरी सशक्त रुपमा अघि बढ्ने छौं,’ उनले भने ।

एक सय ५० भन्दा बढी संख्यामा उपस्थित रहेका व्यवसयीहरुले थापा समूहले साना, मझैला तथा घराना व्यवसायीहरुलाई समेट्दै इतिहास मै पहिलो पल्ट महिलालाई पनि समेटेर समूह निमार्ण गरेको भन्दै थापा प्यानललाई बुटवल व्यवसायीहरुको पूर्ण समर्थन रहने र चुनावमा भोट दिएर जिताउने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स