बढ्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख ७० हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १९ सय ७० रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले बढेर २ हजार रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स