काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर ९१ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १२ सय ५ रूपैयाँ कायम भएको छ ।