लगातार बढेको सुनको मूल्य आज यतिले घट्यो

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।

आइतबार, छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर ९२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय १० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १२ सय २० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स