काठमाडौं । आइतबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर ९२ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १२ सय १० रूपैयाँ कायम भएको छ ।