अत्यावश्यक वस्तुमा राजनीति : ग्यास उद्योगीको आन्दोलन स्थगनसँगै पेट्रोल आयात गर्नेको आन्दोलन घोषणा

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगन गरेको छ । मूल्य समायोजनको माग राख्दै घोषणा भएको आन्दोलन वार्ता पछि स्थगन भएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र संघका पदाधिकारीबीच भएको छलफलमा जायज माग सम्बोधन गर्ने सहमति भएको थियो । त्यसपछि उनीहरुले आन्दोलन स्थगत गराएका छन् ।

संघले छ वर्षअघि समायोजन गरिएको मूल्यमा अहिले पनि ग्यास वितरण भइरहेकाले घाटा बेहोर्नुपरिरहेको भन्दै मूल्य समायोजनको माग राख्दै आएको छ ।

आन्दोलन १५ दिनका लागि स्थगित गरिएको बताइएको छ । यो सहमति जुट्ने वित्तिकै अर्को अत्यावश्यक वस्तुमा समेत आन्दोलनको घोषणा भएको छ ।

नेपाल पेट्रोलियम ढुवानी महासंघले ढुवानी भाडा बढाउनुपर्ने माग राख्दै आन्दोलन घोषणा गरेको हो ।

देशभरको डिपोहरुमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरहरुको ढुवानी भाडा समय सापेक्ष समायोजन गर्नु पर्ने, नेपाल आयल निगमबाट करारमा सञ्चालित ट्यांकरहरुको ढुवानी भाडामा बास्तविक ट्रिप संख्या यकिन गरी यथार्थ संचालन खर्च हुनपर्ने , मर्मत सम्भार, खुराकी, तलब खर्चलगायतका समस्या समाधानगर्नुपर्ने माग राखेको छ । यसमा नेपाल आयल निगमले चासो नै नराखेको भन्दै आन्दोलनको घोषणा गरिएको बताइएको छ ।

यस्ता विषयमा निगमसँग पहिला सहमति तथा समझदारी समेत भैसकेको अवस्थामा कार्यन्वयन नभएको बताइएको छ ।
माग सुनुवाई नभए ढुवानी नै रोक्ने बताइएको छ ।

फागुन ५ गतेबाट सबै डीपोमा ट्यांकरको साँचो निगमलाई बताएको हो ।

इन्धन जस्तो अत्यावश्यक वस्तुको को आपूर्ति नै ठप्प पार्ने खालको आन्दोलनहरु घोषणा हुनुले अनावश्यक राजनीति भैरहेको समेत विषय सराकारवालाहरुबाट उठ्न थालेको छ ।

त्यस्तैगरि आवश्यक माग सुनुवाइको लागि वार्ता तथा छलफल आवश्यक रहेको विषय उठिरहेको हो ।

प्रतिक्रिया

हेडलाइन्स