भाटभटेनीमा ‘आइएमई पे’ बाट सामान खरिद गर्दा २० प्रतिशत क्यासब्याक पाइने

काठमाडौं । भाटभटेनी सुपर मार्केटमा ‘आइएमई पे’ बाट सामान खरिद गर्दा क्यासब्याक पाइने भएको छ ।

कम्पनीले नेपालभरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत (३०० रुपैयाँसम्मको) क्यासब्याकको अफर ल्याएको हो । उक्त अफरमा आइएमई पे मा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरु भाग लिन पाउनेछन् ।

कम्पनीको अनुसार यो योजना एकपटक रहनेछ जसको अर्थ प्रति प्रयोग १ पटक क्यासब्याक हुनेछ । प्रयोगकर्ताले ३०० रुपैयाँसम्म मात्र २० प्रतिशत छुट पाउन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स