काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १३ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ३ सय रूपैयाँले बढेर १ लाख ५७ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १८ सय ८० रुपैयाँ कायम आज १० रूपैयाँले बढेर १८ सय ९० रूपैयाँ कायम भएको छ ।