काठमाडौं । माघ महिना बिहेको लगन हुने महिना पनि हो । बिहेको साइत भएपछि सुनको मूल्य धेरै निगरानीमा पर्छ ।
माघ मपहिनाको पहिलो दिन सुनको मूलय घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कायम भएको छ । सोमबार सुन प्रतितोला एक लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।