काठमाडौं । आइतबार छापावाल सुनको मूल्य १६ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ६ सय रूपैयाँले बढेर १ लाख ५५ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १८ सय ४५ रुपैयाँ कायम आज १५ रूपैयाँले बढेर १८ सय ६० रूपैयाँ कायम भएको छ ।