काठमाडौं । नेपाल आयल निगमले राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदान अतुलनीय रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताएका छन् ।
नेपाल आयल निगमको ५५ औँ साधारसभामा बोल्दै पेट्रोलियम पदार्थको आपूर्ति, भण्डारण र वितरण जस्तो अत्यन्त संवेदनशील र चुनौतीपूर्ण जिम्मेवारी सम्हाल्दै ५४ वर्षको यात्रा पार गरेको यस संस्थाले राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदान अतुलनीय रहेको बताएका हुन् ।
निगमले पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्दै देशका विभिन्न भागहरूमा निरन्तर एवं सहज रूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको बताए ।
उनले भने ‘विगतको अनुभवबाट भविष्यका दिनमा निगमले आफ्नो सेवालाई अझ बढी प्रभावकारी बनाउँदै पेट्रोलियम ऊर्जामा पहुँच अभिवृद्धि गरी औद्योगिक विकासलाई अगाडि बढाउन, आम नागरिकहरूको जीवनस्तर सुधार गर्न तथा नयाँ युग अनुसार वातावरण वनाउन समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिएको छुु ।’
सामाजिक सेवा सहित व्यावसायिक दायित्व निर्वाह गर्दै आएको निगमले पेट्रोलियम पदार्थको गुणस्तरीय आपूर्ति, पर्याप्त भण्डारण र वितरण प्रणालीको सुदृढीकरण गर्दै जनताको विश्वास जित्न सफल भएको छ । सरकारले निर्धारण गरेको नीति र कार्यक्रमलाई आत्मसात गर्दै निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
mainकतिपय असहज परिस्थितिमा समेत प्रणालीमा कुनै समस्या आउन नदिई समस्त उपभोक्ताहरूको माग व्यवस्थापन गर्न निगमले गरेका प्रयासहरू उल्लेखनीय एवं प्रशंसनीय छन् । विशेषगरी निरन्तर सेवा प्रवाह गर्न र आपूर्ति व्यवस्थालाई सुदृढ बनाउन गरिएका प्रयासहरू स्तुत्य छन् ।
निगमको डिजिटलाइजेसन, आधुनिकीकरण र प्रविधिमैत्री सेवा प्रवाहका लागि भएका प्रयासहरूले सेवाग्राहीको सन्तुष्टि बढाउन महत्वपूर्ण योगदान पुर्याएका छन् । यसका साथै कर्मचारीहरूको क्षमता अभिवृद्धि, संस्थागत सुशासन र पारदर्शिताका लागि गरिएका प्रयासहरू प्रशंसनीय छन् ।