केएनपी नेरोलेकद्वारा फर्पिङमा ट्राफिक प्रभागलाई आवश्यक सामग्री प्रदान

काठमाडौं । केएनपी नेरोलेक पेन्ट्सले काठमाडौंको फर्पिङमा ट्राफिक प्रभागलाई सडक सुरक्षाको लागि चाहिने आवश्यक सामग्री प्रदान गरेको छ । केएनपी नेरोलेक पेन्ट्स गुणस्तरमा मात्र नभई, समाजिक जिम्मेवारी र सामुदायिक सेवामा पनि प्रतिबद्ध देखिन्छ।

सडक दुर्घटनाहरू बढ्दै जाँदा, नेरोलेकले ‘नो हर्न प्लीज’, ‘स्टपिङ’, ‘स्पीड लिमिट’ र ‘नो पार्किङ’ जस्ता महत्वपूर्ण सडक साइनबोर्डहरू प्रदान गरेको छ, जसले सडक सुरक्षा बारेमा जनचेतना फैलाउन मद्दत पुर्‍याउनेछ।

यी साइनबोर्डहरूले ट्राफिक उल्लंघनका घटनाहरू घटाउनका साथै पैदलयात्री र चालकहरूको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्नेछन्। जापानको सर्वोत्कृष्ट पेन्ट कम्पनि केएनपी नेरोलेकले समाजको भलाईमा योगदान पुर्‍याउन नयाँ लक्ष्य राखेको छ।

सडक सुरक्षा सुनिश्चित गर्न अनि यात्री र चालकहरूको लागि सुरक्षित सडक सुनिश्चित गर्न केएनपी नेरोलेक निरन्तर प्रतिबद्ध छ। केएनपी नेरोलेकले संसारको सर्वोत्कृष्ट, पर्यावरणमैत्री पेन्टहरूको साथसाथै नवप्रवर्तनशील उत्पादनहरू प्रदान गरि नेपालको पेन्ट उद्योगलाई सुधार गर्दै स्वास्थ्य र दिगोपनको समर्थन गरिरहेको छ।

यस ब्राण्डको गुणस्तर र पर्यावरणमैत्री पेन्टहरूको कारण नेपालमा एक विश्वासिलो नाम बनेको छ। केएनपी नेरोलेक पेन्ट्स समुदायमा सकारात्मक प्रभाव पार्न पाउँदा निकै गर्व महसुस गर्दछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स