खाद्य व्यवस्था कम्पनीले अधिकृत बिक्रेताको लाइसेन्स दिने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अधिकृत बिक्रेताको लाइसेन्स दिने भएको छ । अहिलेसम्म सिमित ठाउँमा आफ्नै बिक्री केन्द्र राखेको वस्तु वितरण गरिरहेकोमा अब भने अधिकृत बिक्रेता नै बनाउन लागेको हो ।

कम्पनीका अनुसार खाद्य व्यापार कम्पनीले अहिले खाद्यान्नहरुको बिक्रि वितरण गर्दै आएको छ । नेशलन ट्रेडिङ र खाद्य सस्थान एक आपसमा गाभिएर बनेको यो कम्पनीले दाल, चामल , गोडागुडी चिनी जस्ता वस्तुहरु बिक्रि वितरण गर्दै आएको छ ।

आफ्नो वस्तुको पहुँच उपभोक्तासम्म पुर्याउने भन्दै कम्पनीले नयाँ योजना सारेको हो ।
कम्पनीका अनुसार अधिकृत बिक्रेता बन्न चाहनेले आवश्यक कागजात सहित आवेदन दिन सक्ने छन् ।
अधिकृत बिक्रेता बनेपनि खाद्य व्यापार कम्पनीको मापदण्ड अनुसार वितरण गर्नुपर्ने समेत बताइएको छ ।

तर पछिल्लो समय खाद्य व्यपार कम्पनी उपभोक्ता माझ पुग्न नसकेको र यस संस्थानमा रहेका खाद्य वस्तुहरु पुरानो हुने गरेको भन्दै उपभोक्ताहरु टाढिने गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स