भारतले दियो नेपाललाई २ लाख टन गहुँ निर्यात अनुमति

काठमाडौं । भारतले २ लाख टन गहुँ नेपालमा निर्यातको अनुमति दिएको छ । नेपाल सरकारले गरेको आग्रहअनुसार अनुमति दिएको हो ।

भारतले बैशाख महिनादेखि निर्यात प्रतिबन्ध लगाएको छ ।

नेपाललाई उक्त परिमाण गहुँ आयातका लागि नेशनल कोअपरेटिभ एक्सपोट्र्स लिमिटेड (एनसीईएल) मार्फत आयातको लागि अनुमति प्रदान भएको हो ।

नेपालले भारत सरकारलाई गहुँ आयातको लागि पत्र नै लेखेको थियो । तर पनि लामो समयसम्म अनुमति आउन सकेको थिएन ।

जस कारण अहिले नेपालमा गहुँको मूल्य बढिरहेको छ । अभाव हुँदा केहि परिमाण तेस्रो मूलुकबाट समेत आयात भएको छ । भने भन्सार बाहिरबाट भारतकै गहुँ समेत आएको आंशका छ ।

नेपाल सरकारले अब भारतले दिएको गहुँमा कोटा प्रदान गरेर वितरण गर्न सक्ने भएको हो ।
विशेष गरि मैदा उद्योग र ट्रेडिङ कम्पनीलाई समेत आयातको कोटा दिनपर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स