३ प्रतिशत ब्याजदरमा प्रदान हुने स्टार्टअप कर्जाको प्रारम्भिक सूची आयो, अब प्रस्तुतीकरण हुने

काठमाडौं । नेपाल सरकारले प्रवाह गर्ने स्टार्टअप कर्जाको लागि प्रारम्भिक सूची सार्वजनिक गरेको छ । १ अर्ब रुपैयाँ प्रवाह हुने र ब्याजदरमा अनुदान दिइने यस कर्जाको लागि पहिलो चरणको सूचि सार्वजनिक भएको हो ।

हरेक आर्थिक वर्ष त्यसको लागि बजेट समेत विनियोजन हुँदै आएको थियो । गत आर्थिक वर्षमा ८० करोड रुपैयाँ विनियोजन भए पनि कुनै काम हुन सकेन ।

चालू आर्थिक वर्षमा पनि १ अर्ब रुपैयाँ विनियोजन भएको छ । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्न नेपाल सरकारले स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको हो । यसको लागि ३ प्रतिशत व्याजदरमा विना धितो कर्जा प्रवाह गर्ने गरी स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ स्वीकृत भएको छ ।

जस अनुसार कर्जा प्रदान गर्न लागिएको हो ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ बमोजिम यस प्रतिष्ठानले मिति २०८१ भाद्र ११ गतेदेखि २०८१ भाद्र ३१ गतेसम्म परियोजना प्रस्ताव आह्वान गरेको थियो । प्राप्त प्रस्तावहरूमध्येको प्रस्तावहरू प्रारम्भिक सूचीमा सार्वजनिक गरिएको हो ।

सो रकम परिचालन गर्न राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता भएको छ, भने कर्जा सुरक्षणका लागि निक्षेप तथा कर्जा सुरक्षण कोषसंग सम्झौता भएको उद्योग वाणिज्य तथा अपूर्ति मन्त्रालयले जनाएको छ ।

सुरुमा राष्ट्रिय योजना आयोगथ मार्फत यस कार्यक्रम अघि बढाउने भनिएको थियो । जसमा राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य हुने भनिएको थियो । तर पछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रलायमा यस परियोजना समावेश भएपछि कार्यविधि नै बनाएर अघि बढिएको छ । जसले कार्यान्वयन हुने समेत विश्वास दिलाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स