वीरगञ्जबाट पाँच महिनामा ३ अर्ब ९३ करोडको धान र ९२ करोड ८० लाख मूल्यको चामल आयात

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा तीन अर्ब ९३ करोड ६३ लाख २० हजार रूपैयाँको धान आयात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा धान आयात ६० दशमलव २८ प्रतिशतले बढेको छ । साथै राजस्व संकलनको आधार पनि एक सय ४५ दशमलव २३ प्रतिशतले बढेको छ । गत आवको पाँच महिनामा दुई अर्ब ४० करोड ३१ लख ६४ मूल्य बराबरको धान आयात भएको थियो ।

चालु आवको पाँच महिनामा ९२ करोड ८० लाख ९० हजार मूल्य बराबरको ८८ लाख ६६ हजार पाँच सय ४० किलोग्राम चामल आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवमा चामल आयात ५४ दशमलव १२ प्रतिशत र राजस्व संकलनको आधारमा २० दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स