काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १४ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ४ सय रूपैयाँले बढेर १ लाख ५१ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १७ सय ६५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।