काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ६ सय रूपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले घटेर १ लाख ४९ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १७ सय ९५ रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले घटेर १७ सय ६५ रूपैयाँ कायम भएको छ ।