काठमाडौं । आइतबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय रूपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर १ लाख ५० हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १८ सय १५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर १७ सय ९० रूपैयाँ कायम भएको छ ।