काठमाडौं । स्वर्णिम होटल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले सभा पुस २८ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजे डाकेको हो । सभामा कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्नछ ।
साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।