अदालतको आदेश पछि सुन आयात तथा बिक्री सम्बन्धी कार्यविधि संशोधनको तयारी

काठमाडौं । नेपालमा अहिले दैनिक रुपमा सुन बिक्रि वितरणको कोटा छ । त्यसमा पनि उपत्यका र बाहिरको लागि विभिन्न मापदण्ड राखेर कोटा वितरण गरिदै आएको छ ।

बैंकहुँदै सुनचाँदी व्यवसायी महासंघ र संघहरु हुँदै कोटा वितारण गरिदै आएको हो ।
तर अदालतले सुन वितरण सम्बन्धमा गत महिना नयाँ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतले वाणिज्य बैंकहरुले आयात गर्ने सुन वितरणमा हुँदै आएको व्यवस्था हटाउन आदेश दिएको हो । सुनचाँदी व्यवसायीसँग सम्बन्धित संघ तथा महासंघले सुन वितरण गरिरहेको भन्दै दायर रिटमा सर्वोच्च अदालतले व्यवसायीले सिधै वाणिज्य बैंकमार्फत सुन खरिद गर्न सक्नेगरी आदेश जारी गरेको छ ।

जुन आदेश पछि नेपाल राष्ट्र बैंकले यस अघि कायम रहेको कार्यविधि परिवर्तनको तयारी सुरु गरिसकको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अहिले यस अघि पाइरहेको आधारमा बैंकसँग कोटा लिने व्यवस्था गरिएको छ ।

अब नयाँ कार्यविधि तयारी भैरहेकोले नयाँ कार्यविधिअनुसार कार्यन्वयनमा लगिने छ । यस अघि २०६८मा बनेको सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि कार्यन्न्वयनमा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स