अर्थतन्त्रमा संकूचन आउँदा निजी क्षेत्रको मनबोल खस्किनेदेखि पलायन हुनुपर्ने अवस्था सिर्जना भएको छ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष कमलेश अग्रवालले मुलुकको अर्थतन्त्र चलायमान बनाउनको लागि स्थिर नीति आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औं वार्षिक साधारण सभा एंवम् सातौं महासभामा बोल्दै अग्रवालले अहिले निजी क्षेत्रको लागि स्थिर नीति र सरकारको आवश्यक रहेकाले सो विषयमा ध्यान दिन आवश्यक रहेको बताएका हुन् ।

उनले निजी क्षेत्र मध्य कुनै एउटा क्षेत्रमा मात्र समस्या परे त्यसको असर अन्य क्षेत्रहरुमा समेत पर्ने बताए । उनले अर्थतन्त्रमा संकूचन आउँदा नीजी क्षेत्रको मनबोल खस्किनेदेखि यस क्षेत्रबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको बताए । उनले यो अवस्थालाई रोक्न सबै निकायले सहयोग गर्न पनि अपिल गरे ।

नेपालले दक्षिण एसियामा भारतपछि उच्च रेटिङ पाएको खुसीको कुरा भएपनि नीतिगत , प्रशासनिक सुधारमा काम गरेनौ भने रेटिङको प्रतिफल सोचेजस्तो आउन नसक्ने बताए। यसका लागि सरकारले नीतिगत र प्रशासनिक सुधारका पहल गर्नुपर्ने उनको भनाई छ ।

गत साउनमा राष्ट्र बैंकले लचिलो नीति लिदाँ पनि अहिले सोचे जसरी अर्थतन्त्रमा सुधार नभएको उनको भनाइ छ । उनले भने, ‘देशको आर्थिक सुधारको लागि सुधार गर्नको लागि सरकारलाई हामीले सहयोग गर्छौ । त्यसको लागि हामी गहन छलफलमा बस्न जरुरी छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स