एकैदिन यति धेरैले घट्यो सुन र चाँदीको मूल्य, कति पुग्यो तोलामा ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।

शुक्रबार, छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर ९३ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १२ सय ६० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स