काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर १ लाख ५० हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १८ सय ८० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १८ सय ९० रूपैयाँ कायम भएको छ ।