काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ४ सय रूपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख ५० हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय ६५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १८ सय ८० रूपैयाँ कायम भएको छ ।