काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख ५० हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय १५ रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले बढेर १८ सय ४५ रूपैयाँ कायम भएको छ ।