काठमाडौं । मौसम अनुसारको इलोक्ट्रोनिक्स सामान सबै परिवारलाई आवश्यक पर्छ । जसको सारथीको रुपमा पछिल्लो समय उभिएको छ , सीजी ब्राण्ड ।
उपभोक्ता सबैले कुनै न कुनै ब्राण्डको इलोक्ट्रोलिक्स सामान खरिद गर्छन् नै । तर सबैलाई दोधार हुने विषय भनेको कुन टिकाउ हुन्छ वा हुँदैन र मूल्य कति पर्छ ?
यसमा भारपर्दो र नेपाली ब्राण्डको रुपमा पछिल्लो समय सबैको मन जितिरहेको एउटै नाम हो, ‘सीजी ब्राण्ड’ । उसको हरेक वस्तुहरु निकै भरपर्दो रहेका छन् ।
बजारमा आम उपभोक्ताको विश्वास जित्दै आएको सीजी ब्राण्डले उपभोक्ताको स्तर, आवश्यकता, रोजाइ र बजारको माग अनुसार प्राइम प्रडक्टदेखि कष्टमाइज प्रडक्टसम्म पनि उत्पादन गर्दै आएको सीजी इलेक्ट्रोनिक्सका बिक्री प्रवन्धक राजु ढकालले जानकारी दिए ।
‘साधारण सबै उपभोक्ताको रोजाइका सामान त हाम्रो कम्पनीको नुनदेखि सुनसम्म छ भन्दा हुन्छ,’ उनले भने ।
‘सीजीले आम ग्राहकलाई गुणस्तरीय उत्पादन दिनुका साथै राम्रो र जतिसक्दो छिटो सर्भिस दिन्छ’, उनले भने ‘हाम्रो मुख्य उद्देश्य भनेकै ग्राहकको सन्तुष्ट हो ।’ ग्राहकको विश्वासले नै हाम्रो यात्रा यहाँसम्म आईपुगेको हो । हामी यो यात्रालाई सधंै जीवन्त राख्न चाहन्छौं । सामान बिक्री पछि सीजीले समयमै छिटो दिने सेवा पनि हाम्रो बलियो पक्ष हो ।’
‘सीजी सबै नेपालीे भान्छाको साथी बन्न चाहन्छ,’ उनले थपे ‘जाडोको पल न्यानो हरपल’ भन्ने नाराका साथ जाडोयामलाई लक्षित गर्दै सिजीले आफ्नो नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक गरेको छ ।’
जाडो बढेसँगै आफु र आफ्नो परिवारजनलाई न्यानो अनुभूति गराइ राख्न सीजीले जाडोलाई लक्षित गरि विभिन्न मोडल र सिरिजका कोठा चिसो र तातो पार्ने कुलर, हेलोजेन, क्वाज तथा कार्बोजेन हिटर, फ्यान हिटर, ग्यासर पानी तताउने क्याटल तथा जग, पानी तातो राख्ने बोटल जाडोका मुख्य प्रडक्ट हुन् ।
सिजीको हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वासिङ मेसिन, एसी पनि जाडोलाई लक्षित गरि विभिन्न सेरिजमा बजार उपलब्ध छ । जाडो मौसममा तातो पानी पिउन सिजीले सीजीको मेरिडिया वाटर डिस्पेन्सर छ भने पानी तातो राख्नलाई थर्मस उपलब्ध गराएको छ ।
त्यसैगरि सिजीले बजारमा ल्याएको भ्याकुम फ्ल्याक्स, ओइल रेडिएटर हिटर, इलेक्ट्रिक हिटर, फ्यानको प्रयोग गरि जाडोमा तातो रहन सहज बनाउने कम्पनीले जनाएको छ । त्यतिमात्रै होइन हामीले हरेक ग्राहकलाई लक्षित गरी उहाँहरूको माग अनुसार वेयल फिल्ड रेडिएटर हिटर पनि बजारमा ल्याएको छ ।
जाडोमा खाना तातो बनाउन इलेक्ट्रोनिक ओभम र १० वर्षको वारेन्टी भएको जाडोमा कपडा धुन र सुकाउन मिल्ने वासिङ मेसिन पनि ल्याएको छ । यस्ता प्रडक्टहरू हरेक वर्ष नयाँ भन्दा पनि रेन्चहरू थपिदै जाने ढकालले बताए ।
यसका साथै सीजीले करिब ४ दर्जन भेराइटीका १५० भन्दा बढी सेरिजमा विभिन्न होमअप्लाइन्सका प्रडक्टहरू ल्याएको छ । यसै वर्षमात्रै सीजीले डिलक्स र ड्रम सेरिजका राइसकुकर ल्याएको छ ।
त्यसै गरी सीजीले नयाँ इन्डक्शन कुक ट, मिक्चर, ग्यास स्टोभ, बारबिक्यू, इलेक्ट्रिकल तातो, नर्मल र चिसो रहने वाटर डिस्पेन्सर, स्टिलको प्रेसर कुकरलगायतका प्रडक्टमा नयाँ सेरिज थपेको छ । सीजीका यी सबै प्रडक्टहरू प्राइम र कष्टमाइज दुबै सेरिजमा पाइने पनि बिक्री प्रवन्धक राजु ढकालले जानकारी दिए ।
उनका अनुसार सीजीका हरेक प्रडक्ट बजार देश सुधाउँदो रहेको छ ।
यस यूनिटमा कार्यरत कर्मचारीहरु १०० जना भन्दा बढी रहेका छन् ।
यस वर्ष बजारमा थपिएका नयाँ उत्पादित वस्तुहरुमा रेन्जहरु बढी थपिएका छन् । नयाँ इन्डक्सन् कुकटप को नयाँ मोडल रहेको छ । स्टान्डइस्टिल मा नयाँ रेन्ज थपिएको छ । इएफ फाएरमा नयाँ रेन्ज थप गरिएको छ ।
प्रत्येक वर्ष चल्ति वस्तुहरुमा रेन्ज थप गरन्छि । ग्राहकको एउटै वस्तुको चाहाना नहुने भएकाले रेन्ज थप गर्दै लगेको उनी बताउँछन् ।
नयाँ नयाँ पुस्ताहरु आएसगैँ उनीहरुको चाहना अनुसार नयाँ नयाँ वस्तुहरु आवश्यक पर्ने नयाँपनको खोजि गर्ने भएकाले नयाँपन दिन वस्तुहरुको रेन्ज बढाउँदै लगिएको हो ।
मार्केटको अवस्था के रहेको छ, त्यसलाई मध्यनजर गर्दै बजारमा कुन वस्तुहरुको आवश्यक छ त्यस वस्तुलाई बजारमा ल्याउनेकाम सीजीले गरिरहेको कम्पनीले जनाएइको छ ।