चन्द्रागिरी हिल्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले सभा पुस ३ गते चन्द्रागिरी हिल्स लिमिटेडको कार्यालय थानकोट परिसरमा बिहान ११ बजे डाकेको हो ।

कम्पनीले यस पटक पनि कुनै लाभांश प्रस्ताव गरेको छैन । अघिल्लो वर्ष पनि कम्पनीले लाभांश वितरण गरेको थिएन ।

तसर्थ, लगातार तेस्रो वर्ष कम्पनीका सेयरधनी लाभांश पाउन वञ्चित भएका छन् । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर २० गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स