काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य २६ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ६ सय रूपैयाँले घटेर १ लाख ४८ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय ४५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर १८ सय २० रूपैयाँ कायम भएको छ ।